1
0
Shares

ब्राउन सुगरसहित तीन जना पक्राउ

1
1
1

झापा,

झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम १०० मिलिग्राम बरामद गरेको छ । त्यस्तै, प्रहरीले बिहीबार नै मेचीनगर–७ स्थित गैरीगाँउबाट पाँच ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ बेलबारी–३ का १९ वर्षीय सुरज खवासलाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।

सरकारी छाप कीर्ते गर्ने तीन वर्षपछि पक्राउ

सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद र ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।

सरकारी छाप कीर्ते गरेको अभियोगमा जिल्ला अदालत झापाले राजवंशीलाई वि.सं. २०७३ चैत २२ गते एक वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो ।
रासस

प्रकाशित: १२ भदौ २०७६ ०८:५८ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी