थप ५२ जनामा कोरोना संक्रमण

थप ५२ जनामा कोरोना संक्रमण


पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो । 

यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ६७ जना संक्रिय कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये १६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाको छ । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । 

७७ जिल्लामै पुग्यो डेंगु, ४७ जनाको मृत्यु
मन्त्रालयका अनुसार प्रकोपको रुपमा फैलिएको डेंगु ७७ जिल्लामा पुगेको छ । हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने संक्रमणबाट ४७ जनाले ज्यान गुमाइसकेका छन् । 

Logo