काठमाडौं । सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् । रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाने बसमा क्याम्पस पढ्ने २१ वर्षकी युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
युवतीमाथि यौन दुव्यर्वहार गरेपछि स्थानीयले कब्जामा लिएर प्रहरीलाई बुझाएका थिए । युवतीमाथि यौन दुव्यर्वहार गरेको आरोपमा एकान्तकुनाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रमुख एसएसपी टेकप्रसाद राईले गरे । उनीमाथि अनुसन्धान सुरु गरिएको एसएसपी राईको भनाई छ ।
घिसिङ २०७० को संविधानसभा निर्वाचनबाट संविधानसभा सदस्य निर्वाचित हुन् । घिसिङ तत्कालिन माओवादी केन्द्रको तर्फबाट समानुपतिक सांसद बनेका थिए। पार्टीले घिसिङलाई साधारण सदस्यमा समेत नरहने गरी निस्कासन गरेको थियो।
प्रकाशित: २३ भदौ २०७६ १७:५१ सोमबार