एशोसियोको उपाध्यक्षमा कुँवर निर्वाचित

एशोसियोको उपाध्यक्षमा कुँवर निर्वाचित


कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुंवर एशियन-ओसियन कम्प्युटिङ ईण्डष्ट्रि अर्गनाईजेशन (असोसियो)को सन् २०२३-२४ कार्यकालको निम्ति उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुंवर सो पदमा निर्वाचित भएका हुन् ।  यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सह-उपाध्यक्षको जिम्मेवारीमा थिए । कुंवर सन् २०१९ मा क्यान महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । 

इन्फर्मेशन सर्भिस ईण्डष्ट्रि एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाल लगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हंगकंग, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् । 

एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।

Logo