1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरेका छौं- परिषद

1
1
1
1
1
1
1

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ ।

डेंगु रोगबारे आवश्यक अनुसन्धान समेत नगरिएको भन्दै सरकारको आलोचना भईरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी सो रोगबारे मिहिन ढंगले अनुसन्धानको काम गरिएको प्रष्टयाएको हो । सो रोग लाग्नुको कारणबारे मिहिन ढंगले अनुसन्धान भईसकेको परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए  । उनले सो रोगबारे अनुसन्धान नै नभएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताए ।

परिषदले सो रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालनको काम पनि सुरु गर्ने घोषणा गरेको छ । परिषदका अध्यक्ष झाले सो रोगलाई लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्ने बताए । घर भित्र र घर वरपर विशेष ढंगले सफाई गरे सो रोगको संक्रमण नहुने परिषदले जनाएको छ ।

परिषदले सो रोग लाग्ने लामखुट्टेको नियन्त्रणका लागि घर भित्र र बाहिर कुनै पनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ पनि सचेत गराएको छ ।

प्रकाशित: ३० भदौ २०७६ १७:०२ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी