दाइजोको जाँतोमा पिल्सिँदै नेहा

दाइजोको जाँतोमा पिल्सिँदै नेहा


अहिले सामाजिक सञ्जालमा धेरै तातिएको विषय हो- महोत्तरीकी नेहा चौधरीको व्यथाको कथा । फेसबुकमा लामो स्टाटस लेखेकी नेहाको यस विषयले अहिले सामाजिक सञ्जाल भरिएको छ । प्रेम अनि सामाजिक परम्परा अनुसार विवाह । विवाह पछि दाइजो नल्याएको भन्दै कुटपिट । कुटपिटपछि सम्बन्धबिच्छेदको मुद्दा । सम्बन्धबिच्छेद गर्दा नेहालाई सम्पत्ति दिनुपर्छ भनेर उनका श्रीमानको सम्पत्ति बहिनीहरुको नाममा बकस गरिएको । 
 
दाइजोको कारण हिंसामा पर्ने उनी एक्ली महिला भने होइनन् । दाइजोको निहुँमा कुटपिट,एसिड आक्रमण तथा जिउँदै जलाएका घटनाहरु समेत बारम्बार सार्वजनिक भइरहेका छन । तर समाजमा प्रतिष्ठित मानिने चिकित्सा पेसा अँगालेका उनका श्रीमानले उनीमाथी दाइजोको लागि कुटपिट तथा सम्बन्धबिच्छेद नै गर्न खोज्नु भनेको कहाँसम्मको अनैतिक कार्य हो ? आखिर कहिले बन्द हुन्छ महिला हिंसा ? किन नेपाली समाज अझै परिवर्तनको बाटोमा हिँडिरहेको छैन ?  

नेहाका बुवाले पंकजलाई पढ्दा लागेको सबै खर्च व्यहोरिदिए । त्यति मात्र होइन नेहाका बुवाले केटा पक्षलाई ५१ लाख रुपैयाँ, २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान समेत दाइजोको रुपमा दिएका थिए । तर नेहा निरन्तर दाइजो नल्याएको निहुँमा घरपरिवारको हिंसामा पर्दै आइन् । 

आठ महिना अघि विवाह बन्धनमा बाधिँएकी नेहाले आफूले माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको साथी बन्छु, जस्तो समस्या परेपनि सँगै रहन्छु भन्ने सोचेकी थिइन् । तर, उनले सोचेजस्तो भएन । चार वर्ष अगाडि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा उनको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भएको उनले फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन् । पंकज एमबीबीएस डाक्टर हुन् । घर परिवारको राजी खुशीमा उनीहरुले २०७८ फागुनमा विवाह गरे । नेहाका बुवाले पंकजलाई पढ्दा लागेको सबै खर्च व्यहोरिदिए । त्यति मात्र होइन नेहाका बुवाले केटा पक्षलाई ५१ लाख रुपैयाँ, २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान समेत दाइजोको रुपमा  दिएका थिए । माइतीले रिनधन गरेरै भएपनि सक्दो दाँइजो दिएका थिए । तर नेहा निरन्तर दाइजो नल्याएको निहुँमा घरपरिवारको हिंसामा पर्दै आइन् । 

श्रीमान् एमबीबीएस डाक्टर । काठमाडौंको चर्चित अस्पताल ग्राण्डी र नर्भिकमा काम गर्ने । नेहालाई घरायसी किनमेलको कुनै चिन्ता थिएन । विवाह गरेको दुई महिनासम्म ठिकठाक रहेको नेहाको घरवार एक्कासी बिग्रिन थाल्यो । घर परिवार सबैबाट घृणाको सिकार र अपहेलित हुन थालिन् । घर परिवारबाट हेला भएकी उनले श्रीमान्बाट झिनो आश राखेकी थिइन् । तर त्यो सबै आशा निरासामा परिणत भयो । उनका श्रीमान्ले पनि बारम्बार दाइजोको दबाव दिन थालको र त्यसपछि कुटपिट समेत गर्न थालेको उनले फेसबुकमार्फत सार्वजनिक गरेकिछिन् । आफ्नो बिहेका र उनलाई कुटपिट गरी निलडाम बनाएका तस्बिरहरु उनले फेसबुकमा छरपष्ट गरेकी छिन् । 

उनी लेख्छिन्-

“मेरो बिहे भएको ८ महीना भयो डा.पंकज चौधरीसंग । हाम्रो बिहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो । मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा हो ।
विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान,सासु र नन्दहरुले गाली र अभद्र व्यवहार गर्न थाले । म दुःख सुख गरी बसिरहेको थिए । मेरो श्रीमान काठमाडौँ बस्नु हुन्छ, ग्राण्डी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई पनि आफूसंग राख्नुस् भन्ने  बित्तिकै उहाँले मलाई पटकपटक कुटपिट गर्नु हुन्थ्यो ।
म सहन नसकेर थानामा गए । मलाई गम्भीर घाइते हुने गरी पिटेर मेरो आमालाई आफनो छोरी लैजाऊ भनी खबर मेरो ससुराबाले खबर गर्नुभयो ! म ३ दिन हास्पिटलमा भर्ना भइ जाच गराए । त्यसपछी थानामा निवेदन दिए । थानामा मेरो श्रीमान ४ दिन पछी उपस्थित हुनुभयो । उपस्थित हुना साथ म युसलाई  राख्दिन, घर छिर्न दिन्न भन्नुभयो । उहाँ थानामा  २ दिन बस्नु भयो । तरपनि पावर लगाएर निस्कनु भो । त्यसपछी पनि मलाइ अत्याचार भइरह्यो । सहन नसकेर मैले  घरेलु हिंसाको मुद्धा दर्ता गराए । तर त्यहि दिन उहाँले डिभोर्स मुदा  दर्ता गरेर मलाई घर छिर्न दिनु भएन ! मलाई अंश दिनुपर्छ  डिभोर्स हुँदा भनी वहाले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित नन्दहरुलाई बकस गरीदिनु भयो । मलाई वहाको सम्पत्ति वा अंश चाहिएको हैन । म बिहे गरेको सङै बाच्न मर्नको लागि हो । वहाहरुले मलाई बारम्बार कुटपीट नगरोस भनेर म महिला थानामा गएको तर मलाइ न्याय मिलेन कतै बाट । 
मेरो बिहेमा उनिहरुको इच्छा अनुसार सुन २० तोला,फर्निचर लगायत अन्य सामानको लागि १ करोड २५ लाख खर्च भयेको थियो । विवाह सम्पन्न भएको केही दिन पछी नै वहाले मलाइ काठमाडौंमा घर किन् भन्न थाल्नु भएको थियो । तेहि सबको कारण नि मलाई घरमा कुटपीट गर्नु हुन्थ्यो । घरमा सासु र नन्दहरुकै  कुरा चल्ने भएकोले मेरो श्रीमान उनिहरूले भन्ने  बितिकै मलाई कुटिहाल्ने गर्नुहुन्थ्यो । कुट्पिट भएर  पेटमा चोट लगेको कारण पिसाबद्वारा ब्लड जान थालेको छ । मैले मेरो सासु ससुरालाई भने तर  केही वास्ता गर्नु भएन । मलाई मेरो श्रीमानले तेरो अनुहार बिगारी दिन्छु भन्नुहुन्छ । म घर बाहिर निस्कन सकेको छैन । अहिले माइतमा आइ पुगेकी छु शरण माग्न । मलाइ धेरै गाह्रो भाको छ बाच्न । प्लीज मलाई न्याय दिनु, मलाइ बाच्न  सहयोग गरिदिनु ।”

दाइजोका कारण हिंसामा पर्ने नेहा एक्ली महिला भने होइनन् । उनीजस्ता हजारौं महिलाहरु विभिन्न किसिमका हिंसामा पर्दै आएका छन् ।

महिला हक अधिकारका लागि क्रियाशील राष्ट्रिय महिला आयोगको तथ्यांकअनुसार २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्म देशैभर महिला हिंसाका १ हजार ४ सय ६४ उजुरी दर्ता भएका छन् ।

महिला हक अधिकारका लागि क्रियाशील राष्ट्रिय महिला आयोगको तथ्यांकअनुसार २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्म देशैभर महिला हिंसाका १ हजार ४ सय ६४ उजुरी दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १२७६ उजुरी दर्ता भएका छन् । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९ ओटा उजुरी दर्ता भएका छन् । दाइँजो सम्बन्धि मुद्धामा मात्र १४ वटा उजुरी परेका छन् ।  
देशको राजधानी तथा सबैभन्दा विकसित ठाउँमा समेत धेरै संख्यामा महिलाहिंसाका मुद्धा दर्ता हुनु विडम्बनाको विषय हो । तर अर्को हिसाबले हेर्दा सहरका महिलाहरुमा हिंसा सहनु हुन्न भन्ने चेतनाको विकास भएको रुपमा पनि बुझ्न सकिन्छ ।

महिला हिंसा समाजको त्यो कुरुप तस्वीर हो जसले महिलालाई मान्छेका रुपमा सामान्य अधिकारको उपभोगबाट पनि बञ्चित बनाइरहेको हुन्छ । अहिले हामी विज्ञान र प्रविधिको युगमा छौँ । जटिलभन्दा जटिल कामपनि प्रविधिको माध्यमबाट सरल र सहज ढंगले भइरहेका छन् । तर यही प्रविधिको युगमा महिलामाथिको हिंसाको प्रकृति र प्रवृत्ति भने झन्झन् चरम र निकृष्ट तरिकाबाट हुँदैछ ।

विवाह गर्दा दाइजो बेहुलीतर्फबाट बेहुलालाई उपहारको रुपमा दिइन्छ । बेहुली तर्फले दिएको दाइजो हलुका ढंगले लिएको देखिएता पनि त्यसको पीडा स्वयं भोग्नेलाई मात्र थाहा हुन्छ । दाइजोले सदियौँदेखि समाजमा एक कुप्रथाको रूपमा जरा गाडेको छ ।

कुनै समय पहाडमा बुहारीसँगै दाइजोस्वरूप भित्रिने तामाका गाग्री, ताउलो तथा थाल कचौरा बेहुलाको घरको प्रतिष्ठा बन्थे । अहिले दाइजोको स्वरुप फेरिन थालेको छ । दराज, सोफा, टिभी फ्रिज हुँदै सवारी साधनसम्मको माग हुने गरेका समाचार आउने गरेका छन् । सुनचाँदी गरगहना र मनग्गे नगद पनि दाइजोको रुपमा माग हुने गरेको छ । 

विवाह गर्दा दाइजो बेहुलीतर्फबाट बेहुलालाई उपहारको रुपमा दिइन्छ । बेहुली तर्फले दिएको दाइजो हलुका ढंगले लिएको देखिएता पनि त्यसको पीडा स्वयं भोग्नेलाई मात्र थाहा हुन्छ । दाइजोले सदियौँदेखि समाजमा एक कुप्रथाको रूपमा जरा गाडेको छ । नेपालको तराई मधेसका कतिपय ठाउँमा त झन केटाको पढाइ र जागिरलाई समेत दाइजोको मानकका रूपमा लिने गरेको पाइन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो । दाइजो प्रथा नराम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि यो प्रथाले समाजमा दीर्घकालसम्म पिरलो निम्त्याइरहने देखिएको छ । 

राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराईका अनुसार शिक्षित तथा प्रतिष्ठित मानिसहरुबाट नै बढी हिंसा हुने गरेको तथ्यांकले देखाउँछ ।

उनका अनुसार गाउँमा भन्दा शहरी तथा शिक्षित क्षेत्रमा हिंसा बढी हुने गर्छ । सबैभन्दा धेरै मानसिक हिंसाका उजुरीहरु आउने गर्छन् । यसको न्युनीकरणका लागि विद्यालय स्तरमा नै जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने र चेतना जगाउनु पर्ने उनको तर्क छ । नेपाली समाजमा हालसम्म महिला हिंसाका घटना धेरै हुने गरेको पाइएको छ । त्यसो त समाजमा पुरुष हिंसाका घटना पनि बाहिर आउन थालेका छन् । तर यो दर भने महिला हिंसाको दाँजोमा निकै कम रहेको मानिएको छ । देशमा हिंसा कम गर्न सर्वप्रथम आफ्नै घरबाट शुरु गरे मात्र समाज र सिंगो देश परिवर्तन हुनसक्ने उनी बताउँछिन् ।  

Logo