१० असोज २०७८ आइतबार

अविरल वर्षाका कारण घर भत्कियो

भोजपुर । अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ । बर्षाले कच्ची सड हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो ।

यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ । स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर भत्किँदा मानवीय क्षति नभए पनि एक बोका मरेको प्रहरीको भनाइ छ । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी हुनासाथ गएराति नै प्रहरी टोली त्यसतर्फ गएको छ । रासस

प्रकाशित: १ असोज २०७६ ११:१५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी