१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

बल्ल बन्ने नेपालको आफ्नै संसद भवन (हेर्नुहोस भिडियोमा)

1
1
1
1
1
1
1
1
1

काठमाडौं । सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ । इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् ।

संघीय संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३१ रुपैयाँ रहेको छ । मूल्यबृद्धि र विभिन्न कन्टिजेन्सी सहित बजेट व्यवस्थापन प्रयोजनका लागि सम्पुर्ण निर्माण कार्यको लागत भने करिब ९ अर्ब ६० करोड रहेको छ ।

संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि,अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्राहलय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस/छपाई भवन र ७ सय वटा सवारी साधन पार्किङ एवं सुरक्षाकर्मीको भवन बन्ने छन् । परिसर भित्रका भवनहरु ३ देखि ५ तलाका सम्म निर्माण गरिने छ । प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्नेछन् ।

संसद भवन परिषरलाई भवन क्षेत्र, खुल्ला, हरियाली क्षेत्र र पार्किङ्ग क्षेत्र तथा सडक पूर्वाधार क्षेत्र गरि तीन वटा क्षेत्रमा विभाजन गरिएको छ । भवनले २७, खुल्ला हरियाली क्षेत्रले ४५ र २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधारले ओगटेको हुने छ ।

परिसरको मूल ढोका दक्षिण तर्फ रहने छ । उत्तर पश्चिमको गेटबाट सांसदहरुलाई प्रवेश गराईने छ भने दक्षिण पुर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहने छ । सबै गेटमा जाँचका लागि आधुनिक सुरक्षा प्रविधि जडान गरिएको हुनेछ ।

संसदको आफ्नै भवन नहुदा अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिई संघीय संसदका दुवै सदनको बैठक संञ्चालन हुदै आएको छ । सचिवालय र समितिका बैठकहरु भने सिंहदरबारभित्र संञ्चालन हुदै आएका छन् । नयाँ भवन निर्माण सम्पन्न भएपछि संघीय संसदका आवश्यक सम्पुर्ण कार्यालयहरु एकै स्थानमा व्यवस्थित ढंगले हुने छन् ।

प्रकाशित: १ असोज २०७६ २१:०९ बुधबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी