1
1
Kendrabindu - News & Articles from Nepal

गौरमा सिरक डसना पसलमा आगलागी, एकै परिवारका ३ जनाको मृत्यु

1
1
1
1
1
1
1

रौतहटको गौर नगरपालिका-१ स्थित इस्लाम सिरक डसना पसलमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । 

तीनजना घाइते छन् । पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिए । उनका अनुसार २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान जलेर घाइते छन् ।

उनीहरूको उपचार भइरहेकाे छ । पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ । डीएसपी मल्लका अनुसार घाइतेहरू त्यही पसलमा सुतेका थिए । आगलगी गौर नगरपालिकाको वारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित: ८ मंसिर २०७९ ०९:५६ बिहीबार

1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी