इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा राजेश हमाल युएई जाँदै

इसेवा मनी ट्रान्सफर र लुलु एक्सचेन्जको निम्तोमा राजेश हमाल युएई जाँदै


नेपाली सिने जगतका महानायक राजेश हमाल युएईस्थित अन्तराष्ट्रिय मनी ट्रान्सफर कम्पनी– लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको निम्तोमा आउँदो शुक्रबार युएई जाने भएका छन्।

हमाल इसेवा मनी ट्रान्सफरको टोलीसंग त्यहाँ प्रस्थान गर्न लागेका हुन् । युएई प्रस्थान पश्चात, २६ नोभेम्बरमा हमालले दुबई स्थित लुलु एक्सचेन्जका बर दुबई र जेबेल अली २ सपर्स मल शाखामा तथा अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखामा पाल्नुहुने रेमिट्यान्स सेवाग्राही तथा त्यहाँ कार्यरत लुलु एक्सचेन्जका नेपाली कर्मचारीहरु संग भेटघाट तथा अन्तरक्रिया गर्नेछन् ।

हमाल युएई पुगेर विशेषत इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश“ अभियान प्रवर्धन गर्नेछन् र विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे सचेतना फैलाउने छन् । हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् र सक्रिय रुपमा देश तथा विदेशमा “मेरो डिजिटल देश“ अभियानको प्रवर्धनमा क्रियासिल रहेका छन् ।

के हो त इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश“ अभियान र यसको उद्देश्य ? मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीको साझा अभियान हो । विदेशबाट डिजिटल र बैधानिक माध्यमबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा भित्राउँदै देशको अर्थतन्त्र सुदृधिकरणमा मद्दत पुर्याउने र डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै रेमिट्यान्स पठाउँने र पाउने शैलीलाई पूणर्त डिजिटाइज गर्न मद्दत पुर्याउने नै यस अभियानको मुख्य उद्देश्य रहेको छ ।

कसरि सहभागी बन्ने यस अभियानमा ?

विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाएर योजनामा सहभागी हुन सकिनेछ । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ ।

के अभियानमा सहभागी बने यस्ता छन् फाइदा ?

यस अभियान अन्तर्गतको योजनामा सहभागी बने वापत महिनै पिछे ६ महिनाको अवधिसम्म १ जनाले गिफ्ट प्याकेज पाउनेछ भने १ जनाले योजनाको अन्त्यमा काठमाडौँमा सपनाको घर जित्न सकिनेछ। इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Logo