पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने

पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम हुने


नाबालिग करणीको आरोपमा जेलभित्र रहेका अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । पल शाह फ्यान क्लबले मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु हुनेछ ।

पल कानुनी झमेलामा फस्नुअघि यो क्लबले उनको जन्मदिनमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको थियो । अहिले भने उनको न्यायको माग गर्दै रक्तदान गर्न लागेको हो । पललाई गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको थियो ।

पल अहिले जिल्ला कारागार तनहुँमा छन् । नवलपुर अदालतले पलमाथि लागेको आरोपको विषयमा फैसला गरिसकेको भएपनि तनहुँ जिल्ला अदालतको मुद्दा भने विचाराधीन छ । थुप्रै म्युजिक भिडियो र दर्जन हाराहारी फिल्म अभिनय गरेका शाहले म्युजिक भिडियो र फिल्मबाट असंख्य प्रशंसक कमाएका छन् । उनलाई तनहुँ प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहँदा उनको रिहाइको माग गर्दै सडकमा थुप्रै उत्रिएका थिए । जेलभित्र पनि उनलाई फिल्मका अफर मिलिरहेको बताइन्छ । 

 

Logo