डोटीकाे पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष जोशीको निधन

डोटीकाे पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष जोशीको निधन


डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ ।

उनको हृदयघातका कारण निधन भएको हो । बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।  उनकाे हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए। जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Logo