बिएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने

बिएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने


बिएण्डबी अस्पतालले पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुट दिने भएको छ ।

पत्रकार तथा पत्रकारसँग आश्रित परिवारलाई औषधि तथा उपचारमा छुट दिने सम्बन्धि सम्झौतापत्रमा बिएण्डबी अस्पताल र पत्रकार महासंघ ललितपुर शाखाबीच हस्ताक्षर भएको छ । शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा उल्लेख भए अनुसार अस्पतालले नेपाल पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकार र आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ ।  हाल महासंघमा देशभरका १३ हजार पत्रकार आवद्ध छन् । यो सम्झौता शुक्रबारबाट २४ महिनासम्म लागू हुनेछ  । पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका ६ जनासम्मलाई १५ लाखसम्मको उपचारमा उपचारका लागि १५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालका प्रमुख प्रशासक भट्टराईले बताए ।
 

Logo