मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए


मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् ।

शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका थिए । राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताए ।

कोठामा उनले वान्ता गरेको पाइएको छ । उनको हातमा र कोठामा औषधि भेटिएको छ।  उनी मधुमेह, उच्च रक्तचापका विरामी थिए । भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत थिए।

घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Skip This
Logo