सडक चौडा गर्न तानसेन-रिडी खण्ड १५ दिनसम्म दैनिक १० घण्टा बन्द हुने

सडक चौडा गर्न तानसेन-रिडी खण्ड १५ दिनसम्म दैनिक १० घण्टा बन्द हुने


तानसेन–रिडी सडक खण्ड बन्द भएको छ ।  

यस सडक खण्डको  सिरुखर्क, माल्मुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो । मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ । सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ ।  उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड  हुँदै गुल्मी, बागलुुङ्ग , अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्ने छन् ।

Logo