जाजरकोट जिप दुर्घटनाः ज्यान गुमाउने ११ जनाकै सनाखत

जाजरकोट जिप दुर्घटनाः ज्यान गुमाउने ११ जनाकै सनाखत


जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट  ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा चालकसहित ११ जनाको मृत्यु भएको हो । दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनाकाे उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हाे । 

ज्यान गुमाउनेमा छेडागाड-५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, छेडागाड-६ वीर बहादुर खत्री,  भगवती-२, दैलेख अमर खड्का,  भगवती-२, दैलेख  मान बहादुर रावत, भगवती-२, दैलेख बिरेन्द्र केसी,  छेडागाड-५ देवीसरा बुढा, छेडागाड-५ अमर अधिकारी र छेडागाड-५ निषा अधिकारी रहेको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । 

दुर्घटनामा छेडागाड-५ की जैभान अधिकारी  गम्भिर घाइते भएका छन् । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।

Logo