पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना


बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना  छ ।दिउँसो प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ । 

राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।

Logo