२० मंसिर २०७८ सोमबार

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको ज्यान गएको छ । बेलौरी नगरपालिका १० भुडादेखि बेल्डाँडी ५ झिलमिला आउने क्रममा म१प ९९६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक हंसु खड्को ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल नहरदेखि तल खस्दा ३५ वर्षीय खड्काको घटनास्थलमै ज्यान गएको बेल्डाँडी प्रहरीले जनाएको छ । उनी नहरको बाटो हुँदै भुडादेखि खेती गर्नका लागि ३ कट्टा मल लिएर झिलमिला फर्किदैं थिए ।

नहरको बाटोमा रहेको खाल्डो छल्ने क्रममा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी दिए ।

प्रकाशित: २७ असोज २०७६ १३:१४ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी