आपसी सद्‌भावको पर्व ल्होसारः राष्ट्रपति भण्डारी

आपसी सद्‌भावको पर्व ल्होसारः राष्ट्रपति भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले भनिन्, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत  पुग्नेछ ।” मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय भएको उको सन्देशमा उल्लेख छ ।

“नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरका रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ,” उनको सन्देशमा भनिएको छ, “गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका स्थानमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।”

यस दिन गुरुङ समुदायका महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुषहरू टोपी, भोटोमाथि भाङ्ग्रो कछाड र पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गरिन्छ । 
पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । 

Logo