तस्बिरमा हेराैं, टुँडिखेलमा तमु ल्होसारकाे रौनक

तस्बिरमा हेराैं, टुँडिखेलमा तमु ल्होसारकाे रौनक


गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन् ।

हरेक पुस वर्ष १५ मा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्दछन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले  शुभकामना दिएका छन् ।

हेराैँ, तस्बिरहरु-

 

Skip This
Logo