काठमाडौँमा जलेको अवस्थामा पुरुषको शव फेला

काठमाडौँमा जलेको अवस्थामा पुरुषको शव फेला


काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको जंगलमा जलेको अवस्थामा एक जनाको शव भेटिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले पशुपति मन्दिर परिसरको किरातेश्वर मन्दिर भन्दा तलपट्टि शरीर पूरै जलेको अवस्थामा एक पुरुषको शव भेटिएको जानकारी दिए । उनका अनुसार जलेका कारण शवको पहिचान हुन सकेको छैन । तर शव नजिकै पर्सलगायतका सामग्री भेटिएका कारण त्यसबारे सोधपुछ भइरहेको छ ।

शनिबार बिहान शव भेटिएको खबर आएपछि अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर शव पोस्टमार्टमका लागि पठाइएको एसपी कोइरालाले बताए । शवनजिकै बोतलमा पेट्रोल पनि भेटिएकाले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo