प्रेमप्रसादको निधन राज्यको चरम असफलता र भयानक संकेत हो -बालेन शाह

प्रेमप्रसादको निधन राज्यको चरम असफलता र भयानक संकेत हो -बालेन शाह


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले इलामका प्रेमप्रसाद आचार्यको निधन राज्यको चरम असफलता भएको बताएका छन् ।

मंगलबार दिउँसो संसद् भवनअगाडि आफैलाई आगो लगाएका आचार्यको आज विहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको छ । आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत् आत्मदाहका धेरै कारण र संकेतहरु भएपनि ठूलो कारण राज्य भएको र राज्य नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा असफल भएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
 

Skip This
Logo