हिमपातका कारण नाग्म–गमगढी लोकमार्ग अवरुद्ध, दर्जनौँ गाडी अलपत्र

हिमपातका कारण नाग्म–गमगढी लोकमार्ग अवरुद्ध, दर्जनौँ गाडी अलपत्र


भारी हिमपातका कारण नाग्म–गमगढी सडक अवरुद्ध भएको छ।

हिमाली जिल्ला मुगुको घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो। यातयात व्यवसायी प्रेमसिङ रोकायाले मालवाहक र यात्रुवाहक दर्जनौँ गाडी घुच्चीलेकमै अलपत्र परेको जानकारी दिए । उनका अनुसार घुच्चीलेकदेखि बाँदखोलासम्म सडकमा झन्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ।

हिमपातले अलपत्र परेका यात्रु सुरेन्द्र बुढाले बुलबुले र घुच्चीलेकमा बाक्लो हिउँ जमेकाले गमगढी पुग्न नसकेको बताए । छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले नगरपालिकाले हिउँ पन्छाउने योजनामा रहेको तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको बताए। उनले भने, ‘मौसम सुधार हुँदासाथ हिउँ पन्छाउने काम हुन्छ, व्यवसायी र यात्रुलाई धीरताका साथ सुरक्षित बस्न आग्रह गर्छु।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जमेको हिउँ पन्छाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताए । 

Skip This
Logo