ज्योतिषी दिवाकर पन्तको नयाँ पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा

ज्योतिषी दिवाकर पन्तको नयाँ पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा


चर्चित युवा ज्योतिषी गुरु दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ प्रकाशित भएको छ । उक्त पुस्तकलाई गुडविल प्रकाशनले प्रकाशन गरेको हो ।

लेखक पन्तका अनुसार यस पुस्तक काठमाडौँ उपत्यकाका प्रमुख धार्मिक पुस्तक पाइने पसलहरुमा उपलब्ध गराइएको छ । पाँच बर्षको मिहिनेतबाट तयार पारिएको उक्त पुस्तकमा वास्तुका विविध आयामलाई शुक्ष्म तरीकाले सामाग्रीका रुपमा समावेश गरिएको छ । 

पुस्तकमा हिमाली, पहाडी तथा तराई–मधेश क्षेत्रमा सदियौँदेखि रहेका वास्तुका विविध परम्परागत अभ्यासका बारेमा समेत बेग्लै शीर्षकमा चर्चा गरिएको छ । साथै वास्तु विषयमा गरिएको विस्तृत गहन अनुसन्धान समेत बेग्लै खण्डमा विशेष रुपमा समावेश गरिएको छ ।

लेखक पन्त चर्चित युवा ज्योतिषी, वास्तुविद्, पण्डित, हस्तरेखाविद्, आध्यात्मिक उत्प्रेरक तथा रत्नविद् हुन् । उनी अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त पहिलो नेपाली ज्योतिषी गुरु समेत हुन् । उनले नेपाल भ्रमणमा आएका जापानी, अमेरिकी, वेलायती, क्यानेडाली, अष्ट्रलियाली लगायत विभिन्न युरोपेली देशका नागरिकहरुलाई सेवा दिँदै आएका छन् । 

यसअघि लेखक पन्तको दिव्य ज्योतिष विज्ञान नामक पुस्तक बजारमा आएको थियो ।

Logo