सन्दीपलाई समेटेर क्यानले सार्वजनिक गर्‍यो बन्द प्रशिक्षण टाेली

सन्दीपलाई समेटेर क्यानले सार्वजनिक गर्‍यो बन्द प्रशिक्षण टाेली


नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ । क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप बन्द प्रशिक्षणमा समावेश गरेको हो । 

क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो । केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशमा बलात्कार मुद्दामा विभिन्न शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । 

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा पहिलो चरणमा २८ खेलाडी बोलाइएको थियो । त्यसपछि दोस्रो चरणमा सन्दीप र प्रतिश जिसीलाई समेटेर १० खेलाडीलाई आउट गरिएको हो । अब कूल २० खेलाडी राखिएको छ ।  

पहिलाे चरणबाट शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाल बाहिरिएका छन् ।

अब दोस्रो चरणमा सन्दीप र प्रतिशसँगै कप्तान रोहित पौडेल कुशल भुर्तेल आसिफ शेख ज्ञानेन्द्र मल्ल कुशल मल्ल आरिफ शेख दीपेन्द्र सिंह ऐरी गुलशन झा करण केसी सन्दीप लामिछाने ललित राजवंशी सन्दीप जोरा भिम शार्की कमल सिंह ऐरी किशोर महतो मौसम ढकाल सूर्य तामाङ सोमपाल कामी र अर्जुन साउद छन् ।

May be an image of text that says 'ICC MEN' WORLD CUP MEN'S LEAGUE 2 CAN SCOTLAND NEPAL-NAMIBIA-SCOTLAND NAMIBIA- SCOTLAND TRI SERIES KIRTIPUR, NEPAL FEBRUARY 14 21, 2023 KUSHAL BHURTEL AASIF SHEIKH GYANENDRA MALLA KUSHAL MALLA ROHIT PAUDEL AARIF SHEIKH DIPENDRA SINGH AIREE GULSHAN JHA KARAN Kc SANDEEP LAMICHHANE SQUAD FOR CLOSED CAMP (2nd PHASE) LALIT RAJBANSHI SUNDEEP JORA BHIM SHARKI PRATISH GC KAMAL SINGH AIREE KISHOR MaHATO MAUSAM DHAKAL SURYA TAMANG SOMPAL KAMI ARJUN SAUD @CricketAssociationofNepal f/crcetassociationOfNeaoOficialAaN @CricketNep'

Logo