आजको मौसमः वर्षा र हिमपातको सम्भावना छैन

आजको मौसमः वर्षा र हिमपातको सम्भावना छैन


जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली रहेको छैन ।

आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको विभागले जनाएको छ। अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भू–भागहरूमा हुस्सु–कुहिरो लागेको छ। देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन। जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको महाशाखाले जनाएको छ।

दिउँसो  प्रदेश– १ र गण्डकी  प्रदेशका भू–भागमा  आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ । तराईका भू–भागहरूमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Logo