सन्दीप लामिछानेको मुद्दा न्यायाधीश फुयालको इजलासमा

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश फुयालको इजलासमा


नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेको मुद्दा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

लामिछानेको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दिप विरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए।

Logo