भारत नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध छ -राजदूत श्रीवास्तव

भारत नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध छ -राजदूत श्रीवास्तव


नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताएका छन् । 

नेपाल–भारत मैंत्री युवा संघ केन्द्रिय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले सो कुरा बताएका हुन् । उनले नेपालको विकास भए भारतलाई पनि फाईदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रुपमा लागि परेको समेत स्पष्ट पारे । 

उनले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागि परेको बताए । उनले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमानै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताए । 

राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा संचालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताए । 

Logo