भ्रष्टाचार नियन्त्रणसम्बन्धी सचेतनामुलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता सम्पन्न

भ्रष्टाचार नियन्त्रणसम्बन्धी सचेतनामुलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता सम्पन्न


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२ औं स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामुलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ ।

आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका १५ समूहले आज अन्तिम प्रतिष्पर्धामा भाग लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका आयुक्त डा. हरि पौडेलले आयोगले भ्रष्टाचार न्युनकिरण सम्बन्धी सचेतनामुलक प्रतियोगिताका माध्यमबाट आम जनतालाई सचेत गराएको बताए ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि बनेका कानूनको आवश्यक पालना र न्युनिकरणलाई ध्यानमा राखेर आम जनतामा सचेतना फैलाउन लोकदोहोरीमार्फत उजागर गरिएको बताए । उनले लोकदोहोरी सबै क्षेत्रमा सुनिने र आम मानिसले सहज रुपमा बुझ्ने भएकाले अख्तियारी सम्बन्धीका नीति नियमहरु गीतका माध्यमबाट प्रश्ततु गरिएको बताए ।

त्यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार न्युनिकरणका लागि चालिएका आवश्यक कदमहरुलाई आम जनतामा सहज रुपमा बुझाउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले जनस्तरमा जनचेतना फैलाउनका लागि गीत, संगीत सहज र उत्कृष्ट माध्यम हुने भएकाले कानून सम्बन्धी जानकारी गीतबाट पाउन सकिने बताए । दिवसका अवसरमा प्रतियोगी कलाकारहरुले अख्तियारसम्बन्धी सचेतनामुलक गीत प्रस्तुत गरेका थिए । 

Logo