टर्कीए भूकम्पः २४ हजारभन्दा बढीको मृत्यु, लाखाैँ घरबारविहीन

टर्कीए भूकम्पः २४ हजारभन्दा बढीको मृत्यु, लाखाैँ घरबारविहीन


टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । 

उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन् । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । 

टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् । -एपी

Logo