1
1
1

नशामुक्त शाकाहारी समाजका लागि अभियान चलाइने

1
1

काठमाडौं,
जाँडरक्सी तथा अन्य वुद्धिनाशक नशा छोड्ने, छुटाउने एवं शाकाहारी बन्ने, बनाउने मूल उद्देश्यका साथ राजधानीमा शुक्रबारदेखि शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले देशभर अभियान चलाउने घोषणा गरेको छ ।

दोस्रो अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी समागम नेपालका सात प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहमा अभियान चलाई शान्तिपूर्ण समाज निर्माणमा योगदान गर्ने घोषणा गरिएको हो । बाबा जयगुरुदेव सङ्गत केन्द्रीय कार्य समितिले आयोजना गरेको सो कार्यक्रममा बाबा उमाकान्तजी महाराजले नशामुक्त एवं शाकाहारी समाजको निर्माणमा अगुवा व्यक्तिलाई पनि हिँडाउनुपर्ने बताउनुभयो । उहाँले हालसम्म यो अभियानका लागि १६ देशमा यस्ता कार्यक्रम गर्नुभएको सो अवसरमा जानकारी गराइएको थियो ।

कार्यक्रमको उद्घाटन शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो । कार्यक्रममा नशाकै कारण मानव समाजमा धेरै प्रकारका समस्या उत्पन्न हुने गरेकाले शान्ति एवं सद्भावनाका लागि विश्वव्यापी रुपमा यो अभियान शुरु गरिएको जानकारीसमेत दिइएको थियो । कार्यक्रममा नेपाल र भारतका गरी करीब तीन हजार साधकको सहभागिता रहेको समितिका संरक्षक नन्दकुमार चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित: १ मंसिर २०७६ ०६:४१ आइतबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी