नेपालले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै


नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार बुधबार साँझ पौने ८ बजे सुरु हुनेछ । नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । नेपाल गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । भारतविरुद्ध नेपाली टोलीको मुख्य प्रशिक्षकमा अनन्त राज थापा रहेका छन् ।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।

Logo