सुनसरीमा तीन बालबालिकामा दादुरा पुष्टि

सुनसरीमा तीन बालबालिकामा दादुरा पुष्टि


बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा पुष्टि भएको छ ।

बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना संकलनपछि परीक्षण गर्दा थप दुई बालबालिकामा दादुरा पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो । बर्जुमा दादुराको आशंकामा अन्यको नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

विश्व स्वास्थ्य संगठनको टोलीले बर्जुको वडा नम्बर २ मा बिरामीको नजिक रहेका र शंका गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ । गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरेको उनले जानकारी दिए । बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ । 

Logo