रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते


क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । 

अलमेडा क्षेत्रमा मेट्रोलाइन ट्रेनले गाडीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको लस एन्जलस वारुणयन्त्र कार्यालयले जनाएको छ । घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनापछि रेलमा यात्रारत एक सय २५  सकुशल रेलबाट ओर्लिएर आफ्नो गन्तव्यतर्फ गएका छन् । 

दुर्घटनाको अनुसन्धान भइरहेको छ । -सिन्ह्वा

Logo