बीपीडब्लूको आइपीओ आजबाट बिक्री खुला, क–कसले दिन पाउँछन् आवेदन ?

बीपीडब्लूको आइपीओ आजबाट बिक्री खुला, क–कसले दिन पाउँछन् आवेदन ?


बीपीडब्लू लघुवित्त वित्तिय संस्थाको आइपीओ आजदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला भएको छ ।

लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँटफाँट गरिसकेको छ । १ हजार ५०० कित्ता शेयर कर्मचारी तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिसकेको कम्पनीले जनाएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ छिटोमा फागुन २३ गतेसम्म भर्न सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरे  निष्काशन अवधि चैत २ गतेसम्म थपिनेछ । आवेदकले मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

Logo