बिमलनगर–घाँसीकुवा सडकखण्ड आज रातिदेखि दैनिक ४ घण्टा बन्द हुने

बिमलनगर–घाँसीकुवा सडकखण्ड आज रातिदेखि दैनिक ४ घण्टा बन्द हुने


पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले बिहिबार राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने भएको हो । आयोजनाले सो समयभन्दा अगाडि वा पछाडि मात्रै यात्रा गर्न अनुरोधसमेत गरेको छ । सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ ।

 

Logo