कृषि उत्पादन बढाउन कृषिमेला आयोजना गरिने

कृषि उत्पादन बढाउन कृषिमेला आयोजना गरिने


पाल्पामा कृषि उत्पादनलाई बढावा दिन  कृषिमेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका–९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ ।

मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषियन्त्र, बीउबिजन, नर्सरी बिरुवा बिक्री–वितरण, पशुरोग निदान तथा गोबर परीक्षण, कृषि संवाद कार्यक्रम, कृषि परिकार स्टल, प्लान्ट क्लिनिक, जैविक मल उत्पादन तथा माटो परीक्षण गरिने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए ।

कृषि उत्पादन बढाउन, कृषकलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्न लागिएको यस मेलाले कृषकमा उत्साह थपिएको वडाध्यक्ष अर्यालले बताए ।

Logo