रौतहटमा आगलागीमा हुँदा ६ महिने बालिकाको मृत्यु, तीन घर जलेर नष्ट

रौतहटमा आगलागीमा हुँदा ६ महिने बालिकाको मृत्यु, तीन घर जलेर नष्ट


रौतहटको राजदेवी नगरपालिकामा आगलागी हुँदा ६ महिने बालिकाको मृत्यु भएको छ भने तीन वटा घर गोठ जलेर नष्ट भएको छ। 

मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर (गडहिया)का भिखर राउतको खरको छाना भएको घरमा  आगलागी भएको थियो।  अचानक भएको आगलागीबाट घरमा  सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। राउतको घरबाट सल्किएको आगोले छिमेक रामकिसुन साह र सुजय साहको घरसमेत जलेर नष्ट भएको थियो। 

आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी ७५ हजार तथा छिमेकीको ५०–५० हजार गरी कुल एक लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। घटना लगतै गौर नगरपालिकाबाट गएको वरुण  यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

Logo