रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु

रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु


रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक परिवारका अनुसार बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट समान्य घाइते भएको लागेर उनलाई उपचारको लागि लगिएन भने प्रहरीलाई जानकारी समेत दिइएन । मृत्यु पश्चात बिहीबार अपराहन्न साढे ४ बजे प्रहरीलाई खबर गरेपछि घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि लगिएको थियो । पोस्टमार्टम रिपोर्ट आए पश्चात के कति कारणले मृत्यु भएको खुल्नेछ । 

कुटपिटमा संलग्न भएकाहरु फरार भएका छन् । उनीहरुको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Logo