सप्तरीमा आगलागीमा हुँदा ५० लाख भन्दा बढीको क्षति

सप्तरीमा आगलागीमा हुँदा ५० लाख भन्दा बढीको क्षति


सप्तरीको तिरुहुत गाउँपालिका–५ स्थित लोहजरामा शुक्रबार भीषण आगलागी हुँदा १६ घर जलेर नष्ट भएको छ भने ५० लाख भन्दा बढीको क्षति भएको छ।

आगलागीमा सत्यनारायण ठाकुरको ४ वटा, रामकिसुन मरैताको ४ वटा, हरिनारायण ठाकुरको ३ वटा, देवनारायण ठाकुरको २ वटा, उपेन्द्र ठाकुरको २ वटा र गोसाई अरगरियाको १ गरी १६ वटा घर जलेर नष्ट भएको तिरुहुत गाउँपालिका–५ का अध्यक्ष रमानन्द चौधरीले बताएका छन् ।

 साँझ साढे ४ बजे रामकिसुन मरैताको घरबाट सल्केको आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको स्थानीयले बताए  । राजविराज, हनुमाननगर, कंचनपुर र शम्भुनाथ नगरपालिकाबाट आएको ४ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगलागीमा मानवीय क्षती नभए पनी नगद, गरगहना, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा गरि ठूलो परिणाममा धनसम्पत्ती जलेर नष्ट भएको छ ।

आगलागीमा क्षतिको विवरण संकलन कार्य भईरहेकोले के–कति क्षति भएको भन्ने एकिन हुन नसकेको वडा अध्यक्ष चौधरीले जानकारी दिए । आगलागीमा ५० लाख भन्दा बढीको धन सम्पत्ती जलेर नष्ट भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

Logo