आज देशभर हावा हुरीसहित वर्षाको सम्भावना

आज देशभर हावा हुरीसहित वर्षाको सम्भावना


हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आँशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन चट्याङ  र हावा हुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । 

Logo