रुपेन्देहीमा १८ लाख बराबरको अवैध कपडा बरामद

रुपेन्देहीमा १८ लाख बराबरको अवैध कपडा बरामद


रुपन्देहीमा १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ। मायादेवी गाउँपालिका– ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद भएको हो ।

रुपेन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका-४ का ओमप्रकाश यादवले चलाएकाे ग १ त ४६२५ नम्बरको ट्याक्टर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामद गरिएको हाे।

प्रहरीका अनुसार महिलाले लगाउने लुगा देखी पुजाका लागि प्रयोग हुने लत्ताकपडाहरु  बरामद भएका छन । बरामद गरिएका सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरि नायव उपरीक्षक अर्यालले बताए। 

Logo