अस्ट्रेलिया बस्ने नेपाली महिलाले दिइन् चम्ल्याहा बच्चालाई जन्म

अस्ट्रेलिया बस्ने नेपाली महिलाले दिइन् चम्ल्याहा बच्चालाई जन्म


नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् ।

लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए । अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका उनीहरुले काठमाडौँ स्थित नर्भिक आइभिएफमा उपचार सुरु गरे ।

चिकित्सकीय सहायक प्रजनन प्रविधि मार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासँग उपचार तथा परामर्श गराइन ।

त्यहाँको सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण पनि अरुणा दम्पत्तिले अष्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएर अष्ट्रेलिया गएका थिए । अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान योगेशले बताए ।

निर्धारित मिति भन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले बिशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ । पछिल्लो ४ बर्षमा सो अस्पतालमा जन्मिने बच्चाहरुमध्ये चम्ल्याहा भएको यो पहिलो घटना हो।

Logo