विद्यार्थीलाई आजको सजिलो हेरेर सिंगो भविष्य नै गाह्रो पार्ने परामर्श युक्यानले दिँदैनः निर्देशक निरञ्जन पन्त

विद्यार्थीलाई आजको सजिलो हेरेर सिंगो भविष्य नै गाह्रो पार्ने परामर्श युक्यानले दिँदैनः निर्देशक निरञ्जन पन्त


विदेशमा उच्च शिक्षा लिने विद्यार्थीको संख्या बढिरहँदा विद्यार्थीको उडानमा नयाँ आयाम थप्ने काम एजुकेसन कन्सल्टेन्सीले गरिरहेका छन् । एजुकेसन कन्सल्टेन्सीमा पछिल्लोसमय भित्रिएको विकृति र तिनको कारण साथै त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा यती बेला चासोको विषय बनेको छ । काठमाडौंको पुतलीसडकमा रहेर विद्यार्थीलाई परामर्श दिँदै आएको युक्यान एजुकेसन कन्सल्टेन्सीले यस क्षेत्रमा कसरी कम गरिरहेको छ, विद्यार्थीले युक्यानबाट के शिक्षा लिइरहेका छन्, युक्यानले कुन-कुन क्षेत्रमा काम गर्छ लगायतका विषयमा हामीले संस्थाका प्रबन्ध निर्देशक निरञ्जन पन्तसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, निर्देशक पन्तसँग केन्द्रबिन्दुले गरेको कुराकानीको सम्पादित अंशः 

युक्यानको स्थापना हुनुको पछाडी कुन तत्वको प्रभाव छ ? कुन उद्देश्यले यो संस्थाको स्थापना गर्नुभएको थियो ?

-युक्यान कन्सल्टेन्सी सन् २०११ बाट सुरु भएको हो । म युकेबाट फर्किएपछि गलत मार्गदिशा पाइरहेका विद्यार्थीहरूलाई बाटो देखाउने उद्देश्यले युक्यान सुरु भएको हो । सन् २००९/१० मा युके जाने विद्यार्थीको संख्या बढ्दो थियो उनीहरू गलत मार्गदिशा पाइरहेका थिए । उनीहरूलाई बाटो देखाउनपर्छ भन्ने उद्देश्यले नै म युकेबाट फर्किएर युक्यानको स्थापन गरेको हो ।

हाम्रोमा अरू भन्दा जटिल प्रक्रिया छ । विद्यार्थीलाई विदेश जानु अघि त्यो देश वा विश्वविद्यालयको विषयमा आफै अध्ययन (रिसर्च) गर्न लगाउँछौँ । रिसर्च गर्न नमान्ने र नगर्ने विद्यार्थीको प्रक्रिया नै युक्यानले सुरु गर्दैन ।

नेपालमा अरू पनि धेरै एजुकेसन कन्सल्टेन्सी छन् । त्यो भिडमा युक्यान पनि थपियो । बजारमा भएका अरू कन्सल्टेन्सी भन्दा युक्यान के कारण फरक छ ?

-बजारको भिडमा हामी थपियौँ कि अरू थपिए ? भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । हामी भिडमा थपिएका हैनौँ । हामी एजुकेसन कन्सल्टेन्सीको सुरुवात गर्ने मध्येमा पर्छौँ । अब युक्यान अरू भन्दा के फरक छ भन्दा युक्यानले पारदर्शितामा र सेवामा जोड दिन्छ । हाम्रोमा अरू भन्दा जटिल प्रक्रिया छ । विद्यार्थीलाई विदेश जानु अघि त्यो देश वा विश्वविद्यालयको विषयमा आफै अध्ययन (रिसर्च) गर्न लगाउँछौँ । रिसर्च गर्न नमान्ने र नगर्ने विद्यार्थीको प्रक्रिया नै युक्यानले सुरु गर्दैन । युक्यान पूर्ण रूपमा रिसर्च विधिमा आधारित संस्था हो । यसको मतलब युक्यानले राम्रो विद्यार्थीलाई मात्रै प्रोत्साहन गर्छ भन्ने हैन । मध्यम नै भएपनि मिहेनत गर्ने विद्यार्थीलाई युक्यानले झन् बढी समय दिन्छ । विदेश जाँदा जान्नु र बुझ्नुपर्ने विषयमा पूर्ण ज्ञान लिएर मात्रै जानुपर्छ भन्ने हाम्रो मान्यता हो । 

रिसर्च विधि भनेको कस्तो हो ? अरू भन्दा जटिल छौँ भन्नुभयो त्यसलाई प्रस्ट पारिदिनु न ।

-हामीले कुनै पनि विद्यार्थीलाई एउटा मात्रै देशको विषयमा बुझाएर त्यसैमा मात्रै गाइड गरेर पठाउँदैनौँ । हामीले युके, अस्ट्रेलिया, क्यानडा, युएसए, न्युजिल्याण्डको विषयमा बताउँछौँ । कतिपय अवस्थामा भारतको काम पनि गर्छौँ । अवस्था अनुसार विद्यार्थीलाई नेपालमै पढ्ने सुझाव पनि दिने गरेका छौँ । हामीले गाइड गर्ने मात्रै हो । विद्यार्थीले धेरै वटा देशको प्रक्रिया गरिरहेका कन्सल्टेन्सीमा बुझेर कुन देशको कुन विश्वविद्यालय वा कलेज राम्रो छ भन्ने निर्णय आफै गर्नुपर्छ । हामीले सिस्टम दिने हो निर्णय विद्यार्थीको नै हुनुपर्छ । हामी विद्यार्थीलाई कोर्स, देश र लागत तुलना गर्न भन्छौँ । जसले गर्दा उत्कृष्ट मध्यको सर्वोत्कृष्ट विकल्प छान्ने छुट उनीहरूसँग हुन्छ । नबुझेर बाहिर गएका विद्यार्थीलाई धेरै समस्या हुन्छ । त्यो हामी हुन दिँदैनौँ । युक्यानले तयार पारेको रिसर्च चार्ट अनुसार अनुसन्धान गरेर ल्याएपछि मात्रै बाँकी प्रक्रिया अघि बढाउँछौँ ।

हामीले विद्यार्थीलाई राम्रो पढ्न भविष्य राम्रो बनाऊ भनेर बाहिर पठाउनु पर्ने हो जुन केही हदसम्म भइरहेको छैन । विद्यार्थी पठाउने काम मात्रै गरिरहेका छौँ, विद्यार्थीलाई बाहिर गएर के हुन्छ, त्यहाँ पाइने अवसरहरू के-के हुन्छ वा त्यहाँ काम सिकेर नेपाल फर्कँदा पाउने अवसरहरू के-के हुन्छ भन्ने कुरा हामीले बुझाउने सकेका छैनौँ । 

यहाँ बुझ्न आउनेको संख्या भन्दा अप्लाई गर्नेको संख्या तुलनात्मक रूपमा कम छ । तर हाम्रो जटिल प्रक्रियाका कारण हाम्रा विद्यार्थी अन्तै गए भन्ने लोभ हामीसँग छैन  ।

कन्सल्टेन्सीको आ–आफ्नो विशेषज्ञता हुन्छ । युक्यानको विशेषज्ञता कुन देशमा हो भन्ने प्रश्नमा तपाईँको जवाफ के रहन्छ ?

-हाम्रो विशेषज्ञता पाँच वटै देशमा हो । हामी यो देशमा राम्रो छ भन्ने केही छैन । म आफै युके बसेर आएकाले त्यसमा अलि राम्रो भनौँला तर हामीबाट विदेश पढ्न जाने विद्यार्थीका लागि सबै देशमा हामी उत्तिकै नै दखल राख्छौँ । सबै देशको लागि उस्तै प्रक्रिया हुन्छ । त्यसैले पुराना विद्यार्थीबाट रिफर भएर आउने विद्यार्थीको संख्या ७० प्रतिशत छ । हाम्रो प्रक्रिया गाह्रो भएको विद्यार्थीको बुझाइ छ । उहाँहरूलाई गाह्रो लागेर फर्कनु पनि हुन्छ । तर विद्यार्थीलाई आजको सजिलो हेरेर भविष्य नै गाह्रो पार्ने प्रकारको शिक्षा हामीलाई दिनु नै छैन । अप्लाई गर्ने विद्यार्थीहरू पनि सयौँमा छ । तर यहाँ बुझ्न आउनेको संख्या भन्दा अप्लाई गर्नेको संख्या तुलनात्मक रूपमा कम छ । तर हाम्रो जटिल प्रक्रियाका कारण हाम्रा विद्यार्थी अन्तै गए भन्ने लोभ हामीसँग छैन  ।

हामीसँग आउने विद्यार्थीको संख्याले पनि हाम्रो दक्षता कुन श्रेणीमा छ भन्ने प्रष्ट्याउँछ । गुगलको भ्यु हेर्दा पनि प्रतिमहिना २० देखि २५ हजारले हाम्रो वेवसाइट सर्च गरेको देखिन्छ ।

युक्यानको टिममा काउन्सिलर टिमको योग्यता र दक्षता कस्तो छ ?

-युक्यान आजको दिनमा छोटो समयमा ब्राण्ड बनेको छ । त्यसले पनि हाम्रा काउन्सिलरको दक्षता पुष्टि गर्छ । हामीसँग आउने विद्यार्थीको संख्याले पनि हाम्रो दक्षता कुन श्रेणीमा छ भन्ने प्रष्ट्याउँछ । गुगलको भ्यु हेर्दा पनि प्रतिमहिना २० देखि २५ हजारले हाम्रो वेवसाइट सर्च गरेको देखिन्छ । विद्यार्थीले सुरुवातमा हामीले भनेको नबुझ्ला, उसले चाहेको जस्तो सिस्टम नपाएको होला । तर दीर्घकालमा हामीले गरेको काम ठिक छ है युक्यानको काउन्सिलिङले गर्दा मैले विदेशमा आएर दु:ख भोग्नु परेन भन्ने प्रतिक्रिया हामीले पाइरहेका छौँ । त्यसले गर्दा नै हामीलाई आत्मसन्तुष्टि मिल्छ । युक्यानमा आउने काउन्सिलरलाई म आफै ट्रेनिङ गराउँछु । हरेक काउन्सिलरले दिने डेलिभरी एउटै हुनुपर्छ । हाम्रो लक्ष्य भन्दा बाहिर गएर कसैले पनि काउन्सिलिङ गराउँदैन । 

हाम्रो सपोर्ट सिस्टम राम्रो छ । हाम्रो आयल्स टेस्टमा समस्या छैन, स्कोर राम्रो आइरहेको छ । पढाउने तरिका राम्रो छ । उत्कृष्ट ढंगले गाइड गरिरहेका छौँ ।

युक्यान आएर विद्यार्थीले सिक्ने मुख्य कुरा के हुन् ?

-मुख्य कुरा त हाम्रो रिसर्च नै हो । हामीले बाहिर गएपछि एयरपाेर्टबाट निक्लिएर कहाँ जान्छौ ? कहाँ बस्छौ ? कसरी काम पाउँछौ ? समय व्यवस्थापन कसरी गर्छौ ? समस्या पर्यो भने के गर्छौ ? लगायतका हरेक कुरा सिकाउँछौँ । यी विषयमा नेपालबाट रिसर्च गरेर जानुपर्छ भन्ने मान्यता हामी लिन्छौँ । मलाई अफर लेटर दिनु भिजाको काम थालिहाल्छु भन्ने मानसिकता लिएर बसेको विद्यार्थीलाई रिसर्चको पाटो राखिदिँदा गाह्रो अवश्य हुन्छ । तर हाम्रो बलियो पक्ष नै त्यही हो । हाम्रो सपोर्ट सिस्टम राम्रो छ । हाम्रो आयल्स टेस्टमा समस्या छैन, स्कोर राम्रो आइरहेको छ । पढाउने तरिका राम्रो छ । उत्कृष्ट ढंगले गाइड गरिरहेका छौँ । त्यसको असर रिजल्टमा देखिन्छ । 

त्यसमा त विद्यार्थीले सजिलो खोज्लान् नि ?

-सजिलो खोज्न पाइन्छ । तर एकछिनको सजिलोले जीवनभर गाह्रो हुन्छ भनेर त हामीले बुझाउन पर्यो नि । नेपालमा करिअर काउन्सिलिङ भन्दा बढी एडमिसन काउन्सिलिङ भइरहेको छ । र एडमिसन काउन्सिलङले प्रोडक्ट बेच्ने हो । सजिलो खोज्दा मैले दिएको प्रोडक्ट ठिक लाग्यो उ गइदिन्छ तर उसले बुझ्नुपर्ने के हो भने त्यो विकल्पहरू बुझेर अध्ययन गरेर बल्ल मलाई ठिक भयो भन्नुपर्नेमा विद्यार्थीले त्यो गरिरहेको छैन ।

युक्यानले विद्यार्थी विदेश गइसकेपछि त्यहाँ पर्ने समस्याहरूमा कसरी सहयोग गर्छ ? हामीले पूर्व तयारी नै नेपालमै गराउँछौँ उता गएपछि गर्नैपर्दैन भन्ने हो वा उता पुगेपछि पनि सहयोग गर्ने गर्नुभएको छ ?

विद्यार्थीलाई हामीले सहयोग गर्नुपर्छ । विदेश पठाउनसाथ हाम्रो जिम्मेवारी सकियो भन्ने हुँदैन । बजारमा त्यो ट्रेण्ड देखिन्छ र गर्न गाह्रो पनि छ तर उसलाई गाइड गर्न सकिन्छ ।

-विद्यार्थीलाई हामीले सहयोग गर्नुपर्छ । विदेश पठाउनसाथ हाम्रो जिम्मेवारी सकियो भन्ने हुँदैन । बजारमा त्यो ट्रेण्ड देखिन्छ र गर्न गाह्रो पनि छ तर उसलाई गाइड गर्न सकिन्छ । काम खोज्दिने, बस्ने व्यवस्थापनको जिम्मा नै लिन नसकिएला तर हाम्राे सञ्जाल र पुराना विद्यार्थीको सहयोगमा नयाँ जानेलाई बाटो देखाउने काम हामीले गरिरहेका छौँ । विद्यार्थी बाहिर जानु अघि नै नेपालबाट पूर्व तयारी ग-यो भने बल्ल सजिलो हुन्छ । त्यही भएर नै हामी रिसर्च बेसमा जोग गरिरहेका छौँ । त्यो भन्दैमा हामीले पठाएका विद्यार्थीलाई समस्या नै छैन भनेर किटान गर्न सकिँदैन तर समस्या भोग्नेको संख्या हजारमा एक हुनसक्छ । तर त्यसरी समस्या पर्दा हामीले सहयोग दिने गरेका छौँ ।

कतिपय एजुकेसन कन्सल्टेन्सी विद्यार्थीको कामको लागि अथवा पीआर सेटलमेन्टको ग्यारेन्टी नै गरेका छन् । युक्यानले चाहिँ त्यो काम गर्छ गर्दैन ?

-म आफै पनि पहिले युके बसेको भएर मेरो कनेक्सन युकेमा बढी छ । हामीले युकेमा चाहिँ त्यो काम गर्छौ तर हरेक देशमा हाम्रो त्यो सुविधा हुँदैन । अरू देशमा पनि पूराना विद्यार्थी र साथीभाईमार्फत गर्न नसकिने त हैन तर त्यसैमा भर परेर विद्यार्थीलाई पठाउने काम हामी गर्दैनौं । त्यो गर्न पनि हुँदैन ।

युक्यानले कोरोना महामारीमा कस्ता किसिमका चुनौतीको सामना गर्नुप-यो ? त्यो कठिन समयमा विदेशमा पढ्ने विद्यार्थीको गुनासो कति आए ?

-कोभिडको समयमा हामीलाई पनि अप्ठेरो अवस्था थियो । अरू भन्दा फरक गर्ने भनेर नै हामीले बन्द कोठामा कक्षा सञ्चालन नगरेका हौँ । हामी पुतलीसडकको सटरमा कक्षा सञ्चालन गरिरहेका छौँ । सटरमा सञ्चालन गर्दा हामी कोभिडको बेलामा खोल्न नपाउने मध्येमा परेका थियौँ । तर हामीले अनलाइनमार्फत अन्य प्रक्रिया गरिरहेका थियौँ । कोभिड पछाडी नियमित परिक्षा नहुने, रिजल्ट नआउने समस्या आएपछि ग्याप देखिन थाल्यो । त्यो आज पनि देखिइरहेको छ । त्यसमा पनि हामीले विश्वविद्यालयसँग सहजीकरण गरेर कोभिडको कारण समस्या भएको हो है भनेर बुझायौँ, सहजीकरण ग-यो ।

हामी विद्यार्थीलाई भिजा प्रोसेस गर्दा सेवा शुल्क लिँदैनौँ । हामीले त्यो लिन थाल्यौँ भने भोलि हामी पनि व्यापारी हुन्छौँ । 

युक्यानबाट भिजा प्रक्रियामा गएको विद्यार्थीले भिजा पाउने सम्भावना कति हुन्छ ?

-विद्यार्थीले भिजा पाउने सम्भावना कति भन्दा ५०–५० भन्न पाइन्छ । कि त आउँछ कि आउँदैन । तर हामी विद्यार्थीको विषयमा रिसर्च गर्छौँ । विद्यार्थीलाई हिजो के सिकाइयो ? विद्यार्थीले कुन विश्वविद्यालय छनौट ग-यो र किन ग-यो ? कुन कोर्समा जान खोज्दैछ ? उसको आर्थिक अवस्था के छ ? उसको शैक्षिक योग्यता के छ ? अंग्रेजी भाषण विश्वविद्यालयले खोजेअनुसारको छ वा छैन ? लगायतका कुरामा सकारात्मक संकेत देखिएपछि मात्रै हामी भिजा प्रक्रिया सुरु गराउँछौँ । भिजा पाउने सम्भावना ८०–९० प्रतिशत नभएसम्म प्रक्रिया नै सुरु गर्न हुँदैन भन्ने हाम्रो मान्यता हो । ग्यारेन्टी भन्ने कुरा चाहिँ हुँदैन । हामी विद्यार्थीलाई भिजा प्रोसेस गर्दा सेवा शुल्क लिँदैनौँ । हामीले त्यो लिन थाल्यौँ भने भोलि हामी पनि व्यापारी हुन्छौँ । 

युक्यानका विद्यार्थीको सफलताको कथा खोज्न टाढा जानै पर्दैन । हामीले गुगलमा पाएको रिभ्यू हेर्नुभयो मात्रै भने पनि काफी छ ।

युक्यानको विद्यार्थीले पाएको सम्झन लायकको सफलताको कुनै कथा छ ? ताकी भोलि युक्यानमा आउन चाहने विद्यार्थीलाईसमेत प्रेरणा मिलोस् ।

-युक्यानका विद्यार्थीको सफलताको कथा खोज्न टाढा जानै पर्दैन । हामीले गुगलमा पाएको रिभ्यू हेर्नुभयो मात्रै भने पनि काफी छ । म विद्यार्थीलाई हतासमा बाहिर पठाउन हुँदैन भन्ने पक्षमा छु । विद्यार्थीले बाहिर गएर राम्रो ग-यो भने जहिले पनि हामीप्रति कृतज्ञ रहन्छन् । विद्यार्थीले वर्षौँपछि सर मैले यो काम गरे नि । तपाईँले देखाएको बाटोले मलाई जीवनमा धेरै सहज भयो नि भनेर भनिरहँदा हामीले गर्न चाहेको पनि त त्यही हो । भर्खरैको घटना हो, म अस्ट्रेलिया गएको बेला एक जान विद्यार्थीले भेटौँ भन्यो, भेटियो । उसले अस्ट्रेलियामा घर किनेको रहेछ । गाडी उस्तै छ । अस्ट्रेलिया पुगेर इन्जिनियर भएँ भनेर सुनायो । त्यसबेला हाम्रो सपना साकार भयो भन्ने ठान्छौँ । हामीलाई गर्व गर्ने ठाउँ रहन्छ । 

एजुकेसन कन्सल्टेन्सीमा विकृति कसरी आए ? यसको समाधान गर्न के गर्नुपर्ला ?

-कन्सल्टेन्सीले गलत गरिरहेको छ वा छैन भन्ने कुरा सेवा लिने विद्यार्थीले नै बुझ्नुपर्ने कुरा हो । तर त्यो भन्दा ठुलो दायित्व राज्यको छ । राज्यले अनुगमन गर्नुपर्ला, रिडिङ र मोनिटरङको सिस्टम राख्नुपर्ला, नैतिक र अनैतिक काम कसले गरिरहेको हेर्नुपर्ला । त्यो कुरा बुझ्ने र त्यसलाई पारदर्शी बनाउने काम राज्यको हुन्छ । शिक्षा मन्त्रालयले हामीलाई कन्सल्टेन्सीको एउटा नियममा बाँधिरहेको छ । तर त्यो काम मन्त्रालयबाट प्रभावकारी रूपमा भइरहेको छैन । आज नवीकरण, अनुगमन, तालिम जस्ता कामले प्राथमिकता पाएको छैन । जसले गर्दा कन्सल्टेन्सीमा विकृति देखिएको हो । सबै निकायले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने हो भने समस्या आफै समाधान हुन्छ ।

विद्यार्थी आफै पनि पढाइ भन्दा पीआर, सेटल्मेन्ट र काममा बढी ध्यान दिने गरेको देखिन्छ । यस्तो किन भएको होला ?

-समाजले हामीलाई कस्तो शिक्षा दिइरहेको छ भन्ने हुन्छ । समाजले उनीहरूलाई त्यही सिकाएको छ । मानव स्वभाव पनि हो सहजता खोज्ने, साथीले गरेको देखेर उसलाई पनि त्यस्तै गर्न मन लाग्नु स्वाभाविक नै हो । हुन त विद्यार्थी मिसगाइडेड भएर बाहिर गइरहेको छ । कहाँबाट मिसगाइडेड हुन्छ भन्दा समाजबाट, कन्सल्टेन्सीबाट पनि । जसले गर्दा विद्यार्थीको मानसिकता नै त्यही हुन्छ ।

Logo