महेन्द्रनगरबाट भन्सार छलिको सामान बरामद

महेन्द्रनगरबाट भन्सार छलिको सामान बरामद


महेन्द्रनगर बजार क्षेत्रबाट झण्डै २ लाख रुपैयाँको अवैध मालसामान बरामद भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आइतबार साँझ उक्त परिमाणको सामान बेवारिसे अवस्थामा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार भन्सार छलेर ल्याइएको सलाई, कपडाको अस्तर, नरिवलको धुलो र प्लास्टिकको झिल्ली गरी १ लाख ८७ हजारभन्दा धेरै रकम बराबरको मालसामान बरामद भएको हो । 

उक्त सामान बरामद गरी गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Logo