1
1
1
1
1

0 Shares

बिहिबार पर्वकाे विदा, बसन्तपुरमा विशेष कार्यक्रम

1
1
1
1
1
1

काठमाडाैं । विहिबार योमरी पुन्ही अर्थात ज्यापु दिवस र उधौली पर्व मनाउनेका लागि सरकारले बिदा दिएको छ । विशेष गरि नेवार र किराँती समुदायले मनाउने यो पर्वका लागि सरकारले विदा दिएको हो । योमरी पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार सार्वजनिक बिदा दिइएको हो ।

काठमाडौं उपत्यका सांस्कृतिक रुपमा नेपाल विश्वकै एक धनी मुलुकहरु मध्येमा पर्दछ । यहांका केही सांस्कृतिक विविधता तथा ऐतिहासिक महत्वका सम्पदाहरु विश्वमा नै नमुनाको रुपमा लिइन्छन् । विश्वमानै प्रसिद्धि कमाएका नेपालका जीवन्त कला तथा सांस्कृतिक निधिहरु संरक्षण तथा सम्वद्र्धन गर्न ज्यापु संस्कृति विकास कोषले २०६१ साल देखि सांस्कृतिक अभियानकै रुपमा ज्यापु दिवस मनाउँदै आएको छ । यो दिवसलाई सरकारले मान्यता दिएर बिदा दिँदै आएको छ भने विश्वभर छरिएका नेवार सुमदायले यो पर्वलाई योमरी पर्व र ज्यापु दिवसका रुपमा भव्यताका साथ मनाउँदै आएको छ ।

काठमाडौँ उपत्यका भित्रका ज्यापु समुदाय वीचमा मात्र नभइ देशभरी छरिएका ज्यापु समुदाय बीच समन्वय, सहयोग र सद्भावना कायम राख्न योमरी पुन्हि (धान्य पुर्णिमा)को दिनलाई ज्यापु दिवसको रुपमा २०६१ साल देखि सांस्कृतिक अभियानकै रुपमा अगाडि ल्याएको हो । स्थापना गरिएको सालदेखि बर्षेनी विभिन्न कार्यक्रमहरुका साथ ज्यापु दिवस भव्यताका साथ मनाउन सफल भएको र परिणाम स्वरुप नेपाल सरकारवाट २०६५ सालमा ज्यापु समुदायको मौलिक चाड योमरी पुन्हिको दिनलाई राष्ट्रिय पर्वको रुपमा लिई ज्यापु दिवसको रुपमा मान्यता दिई सरकारबाट राष्ट्रव्यापी सार्वजनिक विदा समेत घोषणा गर्दै आएको छ ।

ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले विहिवार मनाइने ज्यापु दिवसमा काठमाडौंका सबै टोल र उपत्यका भित्रकै सबै बाजा खलः र साँस्कृतिक खलहरु भेला भई ज्यापुदिवसलाई भव्यताका साथ मनाउने तयारी गरिसकेको छ । वसन्तपुरमा हुने उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उपत्यकाका मेयरहरु लगायतको उपस्थितिमा ज्यापु दिवस समारोह मनाउँदै छन् । कार्यक्रममा उपत्यकाका संस्कृति र नेपालभाषा संस्कृतिमा योगदान दिने विशिष्ठ व्यक्तित्वहरुलाई प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरणा तथा सम्मान गरिने कार्यक्रम रहेको छ ।

विहिवार ११ बजेबाट लगनको माक गल्लीमा उद्घाटन भइ काठमाडौंका ब्रम्ह टोल, ओण्डे ह्युमत, कोहिटी, भीमसेनथान, काष्ठमण्डप, यत्खा, नरदेवी, ट्याङ्गल, बाङ्गेमुढा असन, भोटाहिती रत्नपार्क, महाँकाल न्युरोड गेट, जुद्द शालिक हुँदै वसन्तपुरमा समापन हुने दिवसमा काठमाडौका ६३ टाेल, ललितपुर र भक्पुतर र उपत्यका बाहिर मकवानपुरको टिष्टुङ्  लगायतका साँस्कृितिक बाजागाजा सहित नेवार समुदाय विभिन्न झाँकी सहित वसन्तपुर पुगेर सभामा परिणत हुने ज्यापु संस्कृति विकास कोष का उपाध्यक्ष महर्जनले केन्द्रबिन्दुलाई जानकारी दिएका छन् ।

 

प्रकाशित: २५ मंसिर २०७६ १६:५४ बुधबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी