समिट अपार्टमेन्टले भत्किएका घर बनाइदिने

समिट अपार्टमेन्टले भत्किएका घर बनाइदिने


ललितपुरको कुपण्डोल हाइटमा समिट होटल र अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगरपालिका र समिट होटलबीच सहमति भएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको रोहबरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, वडा नम्बर १ र २ का वडाअध्यक्ष, होटल समिट र पीडित पक्षबीच भएको सर्वपक्षीय बैठकमा तत्काल राहत तथा पुनर्स्थापना लगायतको सहमति भएको हो ।

१२ बुँदे सहमतिमा चर्केका र भत्किएका घरको मर्मत र निर्माण कम्पनीले गर्ने, भासिएका कारण बन्द रहेको होटल ग्रिनविचमा काम गर्नेहरुलाई खान बस्नको व्यवस्था गर्ने तथा तत्कालका लागि समिट होटल एण्ड अपार्टमेन्टको निर्माण कार्य रोक्ने उल्लेख छ । ललितपुर महानगरपालिकाको निर्देशनपछि निर्माणको काम रोकिएको हाे ।

Logo