गौतमबुद्ध विमानस्थल पूर्णसञ्चालनको माग गर्दै पर्यटन राज्यमन्त्रीलाई ज्ञापनपत्र

गौतमबुद्ध विमानस्थल पूर्णसञ्चालनको माग गर्दै पर्यटन राज्यमन्त्रीलाई ज्ञापनपत्र


चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार संगठन रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै पर्यटन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीलाई ज्ञापनपत्र बुझाएका छन् ।  संगठनले आइतबार राज्यमन्त्री श्रीपालीलाई भैरहवामा ज्ञापनपत्र बुझाउँदै ७ बुँदे माग राखेको हो ।

भारतसँग स्वीकृति लिनुपर्ने अवस्थामा माथिल्लो निकायबाट तत्काल पहल गर्नुपर्ने, भारतले सीमा नजिकैको नेपालको विमानस्थलका लागि आफ्नो आकाश प्रयोग गरी आईएलएस सञ्चालनमा सजिलै स्वीकृति लिन तत्काल नेपालको उच्च निकायबाट पहल गर्नुपर्ने, निर्माणसम्पन्न भएको महिनौ बित्दा पनि रुट फाईन्ड आउट गरी भारतसँग अनुमति लिनुपर्ने र भारतीय दुतावासबाट लिनुपर्ने नो अब्जेक्सन सर्टिफिकेट तत्काल प्राप्त गर्न पहल गर्नुपर्ने संगठनले माग गरेको  जनाएको छ ।

Logo