च्याम्पियन्स लिगमा सिटीले बायर्नलाई हरायो

च्याम्पियन्स लिगमा सिटीले बायर्नलाई हरायो


म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा प्राप्त यस जितपछि सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

खेलमा तेस्रो गोल गरेका हालान्डले एकै सिजन ४५ गोल गरेर कीर्तिमान बनाए । उनले प्रिमियर लिग खेल्ने खेलाडीमध्ये एकै सिजन धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन् । यसका लागि मोहमद सलाहा र रुड भान निस्टोरलयको कीर्तिमान तोडे । दुवैले एकै सिजन ४५ गोल गरेका थिए ।

घरेलु मैदान एतिहाड मैदानमा रोड्रीले २७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७०औं मिने६मा बर्नानर्डो शिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । हालान्डले ७६औं मिनेटमा गोल गरेका थिए । अब अप्रिल १८ मा सिटीले बायर्नको मैदानमा दोस्रो लेग खेल्नेछ ।

Logo