युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन

युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन


नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो ।

महाधिवेशनबाट सात उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा सुमन पुरी चयन भएका छन् । सङ्घको उपाध्यक्षमा सात जनाको नाम प्रस्ताव भएका छन् । प्रस्तावित नामहरूमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम रहेका छन् ।

प्रस्तावित नाममा हलले ताली बजाएर सर्वसम्मत अनुमोदन गरेको छ । त्यसैगरी महासचिवमा सुमन पुरी र उपमहासचिवमा दुई जना राजु थापा महेन्द्र गुरुङको नाम अनुमोदन भएको छ ।

त्यसैगरी सचिवतर्फ विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख) राकेश राई निर्वाचित भएका छन् । लेखा आयोगमा सन्तोष चौलागाई, प्रमुख, नानीराम तिवारी, उपप्रमुख र प्रवीण, सचिव अनुशासन आयोगतर्फ राकेश लामा प्रमुख, दीपेश खड्का उपप्रमुख र सचिवमा राजन नेपाली चयन भएका छन् ।

निर्वाचन आयोगमा बलराम बेलबासे प्रमुख र उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चयन भएका छन् । 

Logo